सर्वोच्चमा अर्को व्यवस्था नभएसम्मका लागि सबै पेसी स्थगित

imagesimages

 

काठमाडौँ । सर्वोच्च अदालतमा अर्को व्यवस्था नभएसम्मका लागि सबै पेसी स्थगित गरिएको छ ।

Nepal life insurance

मुख्य रजिस्ट्रार बिमल पौडेलले अर्को सूचना जारी नभएसम्मका लागि आज र भोलीदेखिका पेसीमा रहेका मुद्धाहरुको सुनुवाइ स्थगित भएको जानकारी दिएका हुन् । पौडेलले अदालतमा रहेका मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको बताएका छन् । सर्वोच्चमा मंगलबारका सुनवाई पनि स्थगित भएका थिए ।

जेनजी आन्दोलनका क्रममा मंगलबार सर्वोच्च अदालतमा पनि आगजनी भएको छ र धेरै महत्वपूर्ण मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएका छन् ।

 

Nepal life insurance

अन्य समाचारहरु