मुख्यसचिव र सचिवहरुको भर्चुअल बैठक बस्दै, अत्यावश्यक सेवा प्रवाह सहज बनाउन छलफल हुने

imagesimages

 

काठमाडौँ । सोमबार र मंगलबार भएको जेनजीको आन्दोलनपछि आज नेपाली सेनाले देशको अवस्था आफ्नो हातमा लिएपछि विस्तारै परिस्थिति सहज बन्दैछ ।

यसैबीच देशको विषम परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहका लागि राज्यका सम्बन्धित संयन्त्रबीच समन्वय र सहजीकरणका लागि मुख्य सचिव एकनारायण अर्यालको नेतृतवमा सबै मन्त्रालयका सचिव सम्मिलित भर्चुअल बैठक बस्न लागेको छ ।

Nepal life insurance

गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेका अनुसार अत्यावश्यक सेवामा कुनै कमी हुन नदिन र सहज सेवा प्रवाहका लागि भर्चुअल बैठक बस्न लागेको हो ।

त्यस्तै जेनजीका प्रतिनिधि, नेपाली सेना र राष्ट्रपतिबीच नयाँ राजनीतिक अध्यायको विषयमा छलफलको तयारी भएको बताइएको छ ।

 

Nepal life insurance

अन्य समाचारहरु