प्रधानमन्त्रीले अमेरिका भ्रमणको भत्ता भूकम्प पीडितलाई दिने

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने सिलसिलामा अमेरिका भ्रमणबाट प्राप्त भत्ता भूकम्प पीडितहरुको राहतका लागि खर्च गर्नुहुने भएको


प्रधामन्त्रीका स्वकीय सचिवविश्वदीप पाण्डेले भट्टराईले भ्रमणबाट प्राप्त लाख ७६ हजार सय ७४ रुपैयाँ भूकम्पीपिडत राहत कोषमार्फत भूकम्पबाट जनधनको क्षति भएकाका परिवारलाई व्यक्तिगत सहयोगका रुपमा उपलव्ध गराउन लाग्नुभएको अनलाइनखबरलाई जानकारी दिनुभयो

 

यस्तै प्रधामन्त्री भट्टराईले आफ्नी स्कुले गुरुआमा एल्नरले पकेट खर्चस्वरुप दिएको पाँच सय अमेरिकी डलर तथा अमेरिका बस्दै आएका अर्जुनप्रसाद मैनालीले दिएको १५ सय डलर पनि पीडितलाई राहतस्वरुप दिन लाग्नुभएको पाण्डेले बताउनुभयो प्रधानमन्त्रीले आजै अपराहृन बस्ने दैवी प्रकोप उद्धार समितिको बैठकमार्फत उक्त घोषणा गर्न लाग्नुभएको बताइएको

गत असोज गते भारतको सिक्किम केन्द्रविन्दु बनाएर गएको दशलव रेक्टर स्केलको भूमम्पका कारण मुलुकका विभिन्न स्थानमा आधादर्जन बढीको मृत्यु तथा पाँचदर्जन भन्दा बढी घाइते हुनाका साथै दर्जनौं परिवार घरवारविहीन भएका थिए