राष्ट्र हितका लागि सरकारको नेतृत्व गर्न तयार छु : सुशीला कार्की

imagesimages

 

काठमाडौं । नेपालको अन्तरिम सरकारको नेतृत्वका लागि जेनजी युवाबाट प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रिय हितका लागि सरकारको नेतृत्व गर्न तयार रहेको बताएकी छन् ।

Nepal life insurance

भारतीय टेलिभिजन च्यानल न्यूज १८ लाई प्रतिक्रिया दिँदै वर्षीया कार्कीले नेपाली युवाहरुले आफूलाई गरेको विश्वासप्रति विनम्रता महसुस गरेको र राष्ट्रिय हितका लागि काम गर्न तयार रहेको बताएकी हुन् ।

‘जेन–जी समूहले मलाई छोटो अवधिका लागि सरकारको नेतृत्व गर्न विश्वास गर्यो, म राष्ट्रिय हितका लागि काम गर्न तयार छु ।’ कार्कीले भनेकी छन् ।

आफूलाई चुनावी प्रयोजनको लागि सरकारको नेतृत्व गर्न प्रस्ताव गरेका कारण स्वीकार गरेको दाबी गरेकी छिन् । आफूले जेन–जीको प्रस्तावलाई स्वीकार गरेको बताउँदै आन्दोलनमा मारिएका व्यक्तिलाई न्याय दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएकी छन् । साथै, ६ महिनादेखि एक वर्षभित्र चुनाव गराउनु आफ्ना प्राथमिकता हुने बताएकी छिन् ।

उनले भनेकी छिन्, ’मेरो तत्कालीन नेतृत्व आन्दोलनका क्रममा मारिएका जेन–जीको परिवारलाई राहत दिनु हुनेछ । प्रधानमन्त्रीको राजीनामाको माग पूरा भइसकेको छ । सरकार बनेपछि अरु धेरै कुरा पूरा गर्न सकिन्छ ।
कार्कीले सन् १९६० पछि तीनवटा परिवर्तन देखेको उल्लेख गर्दै ती सबै परिर्वतनमा समस्या भएझैँ अहिले पनि रहेको बताईन । उनले भनेकी छिन्, ’सिंहदरबार, सर्वोच्च अदालतदेखि देशभरका विभिन्न जिल्लाका विभिन्न कार्यालयका फाइल जलेका छन् । तर, हामी अब मिहिनेत गर्छौं ।’

भारतसँग तपाईंको के अपेक्षा छ भन्ने प्रश्नमा उनले भारतले नेपाललाई सधैँ सहयोग गरेको छ र किचन एउटै भएपछि भाँडाकुँडाको आवाज त आउँछ भन्दै विवादलाई सामन्य रूपमा लिने सन्देश दिएकी छिन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सकारात्मक  प्रभाव रहेको पनि बताएकी छन् ।

 

Nepal life insurance

अन्य समाचारहरु