नेपालीको महान् चाड दशैका अवसरमा धेरैजसो घर जान बाहिरिएपछि यतिबेला काठमाडौको सडक सुनसान हुन थालेको छ । सधै जसो व्यस्त हुने काठमाडौका सडकमा यातायातका साधन निकै कम चलेका छन् ।
सडकमा राखिएका यात्रु प्रतिक्षालयमा यात्रुको उपस्थिति निकै न्यून देखिन्थ्यो । भाडाका गाडीमा पनि यात्रुहरु कमै देखिन्थे । दशैका कारण यात्रुको संख्यामा कमी आएको यातायात मजदुरको भनाइ छ । विद्यार्थी छुट दिन नपरेपछि कमाई भने राम्रै भएको उनीहरुको भनाइ छ ।
सधैजसो यता र उता सिठी फुक्न ब्यस्त देखिने ट्राफिक प्रहरी पनि सडकमा निकै कम देखिन्थे । दशैको समय भएकाले सडकमा गाडीको चाप कम भएको र सडकमा जाम पनि नभएको ट्राफिक प्रहरीको भनाइ छ ।