यस वर्षको दशैंमा अपेक्षाकृत व्यापार नभएको व्यवसायीहरुको भनाई

यतिखेर सर्वसाधारण, उपभोक्ता र व्यवसायीहरु सबैलाई नेपालीहरुको महान पर्व बडा दर्शैले छोपेको छ । दशैंका लागि नयाँ वस्तु लगायतका सामाग्री खरिद गर्न राजधानीका अधिकांश स्थानमा मानिसहरुको बाक्लो उपस्थिती देख्न सकिन्छ ।

राजधानीको प्रमुख व्यापारिक केन्द्रहरु न्यूरोड, बसन्तपुर, सुन्धारा, असन लगायतका क्षेत्रमा सामाग्री खरिदका लागि मानिसहरुको चहलपहल प्रशस्तै देख्न सकिन्छ । यतिखेर राजधानीका पुराना बजार, ठुला ठूला आधुनिक मलहरु देखि फुटपाथ पसलहरुमा समेत व्यापारीहरुलाई भ्याइनभ्याई छ । ठुला मलहरुमा व्यापार गर्दै आएका व्यवसायीहरु भने गत वर्षहरुको तुलनामा यस वर्ष व्यापार राम्रो नभएको बताउँछन् । काठमान्डौंमा मात्रै धेरै संख्यामा ठूला मलहरु संचालनमा ल्याइएका कारण पनि ग्राहकहरु बाडिएर गत वर्षहरुको तुलनामा व्यापार घटेको व्यवसायीहरुको भनाई छ ।
   
महङ्गी, खस्कदो शान्ति सुरक्षा लगायतका कारण अपेक्षाकृत रुपमा व्यापार नभएको भनाइ यी व्यवसायीहरुको छ । मुलुकको आर्थिक विकास र आर्थिक कृयाकलापलाई बढावा दिन राज्य संयन्त्रले गम्भिर ध्यान दिनुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन् ।