– शिब पुरीसंसदीय क्षेत्र बिकास कोषको रकम दुरुपयोग, वागमती नदीको दुवै तर्फ बाँधमा गरिएको ग्राभेलको काममा अनियमितता, गौर नगरपालिकाको अनियमितता, गौर अस्पतालमा प्रसुति भत्ता बितरणमा अनियमितता लगायतको छानवीन सहित ८ सुत्रीय माग राख्दै सभासद सिंह अनसनमा बसेक हुन ।
गौर अस्पतालमा गत आर्थिक बर्ष २०६७/६८ मा प्रसुति प्रोत्साहन भत्ता स्वरुप आएको ६२ लाख रुपैयाँ वितरण नै नगरी सम्पूर्ण रकम हिनामिना भएको तथा विभिन्न सरकारी निकायमा भइरहेको दलीय भ्रष्टाचार नियन्त्रण नभएसम्म आमरण अनसन जारी रहने सभासद सिंहले जानकारी दिए । प्रशासन परिसरमा एक्लै अनसनमा बसेका सभासद सिंहलाई पत्रकार महासंघ रौतहट र नागरिक समाजका अगुवाहरुले समेत नैतिक समर्थन र सहयोग गरेका छन् । आ



