घनश्यामको अनुमानः राजनीतिक दलहरु निर्वाचनमा जाँदैनन्, मुलुक बहुपक्षिय द्वन्द्वमा फस्दैछ

imagesimages

 

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेतृत्वमा रहनका लागि शिर्ष नेताहरुमा बहानाबाजी शुरु भइसकेको बताउनुभएको छ ।

Nepal life insurance

जेन जी आन्दोलनको माग पुराना नेताहरुको नेतृत्व परिवर्तन रहेको भएपनि संकटको बेलामा नेतृत्वलाइ जोगाउनुपर्ने भनेर बहानाबाजी शुरु भइसकेको बताउनुभएको हो । उहाँले कार्यकताको भावना दोहन गरेर पुनः शक्तिमै बस्ने परिपाटी शुरु भइसकेको बताउनु भयो । मुलुकलाई आज यहाँ डुबाउने यिनीहरु नै हुन् भनेर समाजमा आक्रोश देखाएर असफल राष्ट्र बनाइन लागेको बताउनु भयो । अहिलेका नेताहरुबाट राजनीतिक दलहरु निर्वाचनमा नजाने स्पष्ट भइसकेको भन्दै निर्वाचन गराउन नसकेपछि मुलुक अर्कै दिशामा जाने अनुमान गर्नुभयो । चुनावअघि नै संविधान संशोधन गर्नुपर्छ भन्ने शक्तिहरुले पनि खेल्ने क्रम जारी रहने र समाजका पुराना, परम्परा र राष्ट्रवादी भनिने शक्तिहरुले खेल्नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब हामीसँग दुई वटा बाटो छ । एउटा दलका नेताहरु फेरि पनि रहनका लागि अनेक बहानाबाजी गर्नेछन् । बहानाबाजी शुरु पनि भइसकेको छ । यसको सबैभन्दा भावुकतापूर्ण आम रुपमा कार्यकताको भावना दोहन गरिरहेका छन् । संकटमा यिनीहरु छन् । संकट परेको बेलामा नेतृत्वलाई जोगाउनुपर्छ भन्ने भाष्य खडा गरिँदैछ । वास्तवमा यो सारा संकट तिनीहरुले नै ल्याएका हुन् र यो मुलुकलाई आज यहाँ डुबाउने यिनीहरु नै हुन् । तिनको पक्षमा जनमत बनाएर तिनीहरुले नै उकास्छन् भन्ने भाष्य बनाइँदैछ, यो घातक भाष्य बन्दैछ । यसले गर्दा यिनीहरु यहीँ रही रहन्छन् । यिनीहरु रही रहेर समाजमा यति धेरै बद्नाम नेताहरुलाई राखेर ति पार्टीले जनताको बीचमा जान सक्दैनन् । अहिले नै देखिरहनुभएको छ, चुनावअघि नै संविधान संशोधन गर्नुपर्छ, प्रत्यक्ष कार्यकारी राष्ट्रपतिदेखि लिएर तमाम पपुलिस्ट नाराहरु गर्दैछन् । यो स्वर पनि बढ्दै जाने देखिन्छ । राजनीतिक पार्टीहरु जनतामा जान सक्दैनन् । समाजका पुराना, परम्परा र राष्ट्रवादी भनिने शक्तिहरु अरु संविधान विरुद्धमा गतिविधि शुरु गर्नेछन् । तिनै नेताहरु देखाएर समाजमा ति नेताहरुको आक्रोश प्रयोग गरिरहनेछन् र यस्ता तत्वहरुले समाजमा काम गरिरहनेछन् । अर्थतन्त्र यसै पनि ठूलो धक्का लागेको छ ।’

महासचिव भुसालले मुलुक बहुपक्षिय द्वन्द्वमा फस्ने चेतावनी दिनुभयो ।

 

Nepal life insurance

अन्य समाचारहरु