– प्रेमनारायण आचार्य
अर्घाखाँची २४ असोज । राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बर्तमान सरकारले संबिधान लेख्न र शान्ती प्रकृयालाई निस्कर्षमा पुराउन नसक्ने बताउनु भएको छ ।
उहाले संबिधान लेखन प्रकृया निस्कर्षमा पुराउन र गणतन्त्रलाई सस्थागत गर्न नसकिए देश ठुलो दुर्घटनामा फस्ने बताउदै बर्तमान बाबुराम भटराईको नेतृत्वमा बनेको सरकारमा प्रतिपक्षमा रहेका देशका प्रमुख दल नेपाली काग्रेस र नेकपा एमाले समाबेस नभए सम्म संबिधान नबन्ने दाबी गर्नु भयो ।
उहाले बाबुराम भटराईको सरकारमा रहेका मधेसबादी दल र स्वयं माओबादीका कारणले सरकार असफल हुने बताउदै प्रधानमन्त्रि बन्ने सपना मात्र बाबुरामले पुरा गरेको बताउनु भयो ।
अर्घाखाँचीको सन्धिखर्कमा राष्टिय जनमोर्चाले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभासद समेत रहेका राजमोका अध्यक्ष केसीले यस्तो बताउनु भएको हो ।
उहाले नेपाल बहुजाती र बहु भासीको देश भएकाले नेपालमा संघियता नसुवाउने बताउदै संघियताले देश टुकि्रने समेत दाबी गर्नु भयो । माओबादी र मधेसबादी दल बिच भएको चार बुदे सहमती राष्ट्रघाती भएको बताउनु भयो ।