नवमीको दिन गरे मन्त्री कुलमान घिसिङले वीपी राजमार्गको अनुगमन

imagesimages

 

काभ्रे । उर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले वीपी राजमार्गमा सवारीको आवतजावत तथा क्षतिग्रस्त सडकको पुनःनिर्माण बारे नवमीको दिन बुधबार अनुगमन गरेका छन् ।

Nepal life insurance

चाडपर्वमा यात्रुहरुलाई वीपी राजमार्गवाट यात्रा गर्दा भोग्नु परेका समस्या, ट्राफिक व्यवस्थापन तथा गत सालको बाढीले राजमार्गमा पु¥याएको क्षति पश्चातको पुनः निर्माणको अवस्था बारे बुझ्न चाडपर्वको बीचमा मन्त्री घिसिङ स्वयम् सडक विभागका महानिर्देशक र सम्बन्धित आयोजनाका अधिकारीहरु सहित फिल्डमा खटेका हुन् ।

संघीय राजधानीलाई पूर्वी क्षेत्र संग जोड्नको लागि महत्वपूर्ण रहेको उक्त वीपी राजमार्ग जापान सरकारको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको थियो । १६० किलोमिटर लम्बाई रहेको वीपी राजमार्ग गत सालको बाढीले ३०.५ किलोमिटर क्षतिग्रस्त भएको थियो । हाल भईरहेको ईन्टरमिडियट लेनलाई अब बन्ने क्षतिग्रस्त राजमार्गको खण्डमा भने दुईलेनको बनाईने छ । उनले चाडपर्वमा काठमाण्डौ आवतजावत गर्ने यात्रुहरुले सास्ती नभोग्न सहज ट्राफिक व्यवस्थापनको लागि अस्थाई रुपमा गरिने कार्यलाई चुस्त राख्दै स्थायी रुपमा भईरहेको राजमार्ग पुनःनिर्माणको कार्यलाई छिटो सम्पन्न गर्न सम्बन्धित पक्षहरुलाई आग्रह गरे । गत साल असोजमा आएको बाढीले क्षति गरेको बीपी राजमार्गको २५ किलोमिटर खण्डमा ठेक्का सम्झौता भई काम अघि बढाइएको छ । बाँकी रहेको खण्ड भने जाईकाले अनुदान सहयोगमा बनाईदिने भएको छ ।

उर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले वीपी राजमार्गको पुनर्निर्माण तत्कालै सुरु हुने बताए । बाढीले क्षतिग्रस्त राजमार्गको अवलोकन गर्दै घिसिङले पूर्वी नेपाल र तराइलाई काठमाडौंसँग जोड्ने छोटो सडकको रुपमा रहेको वीपी राजमार्गलाई जति सक्यो छिटो पुनर्निर्माण गर्न तयारी अघि बढिसकेको जानकारी दिए । उनले गत वर्षको असोजमा रोशी खोलाको बाढीले क्षति पुर्‍याएको सडक खन्ड पुनर्निर्माणको लागि अहिले ठेक्काका कामहरू भइरहेको पनि बताए ।

‘नेपाल सरकारले गर्नुपर्ने कामको टेन्डर भइसकेको छ भने जाइकाको सहयोगमा निर्माण हुने साढे २ किलोमिटरको टेन्डर हुने क्रममा रहेको छ । दशैँ तिहारपछि काम तीव्र गतिमा सुरू गर्नेगरी तयारी भइरहेको छ । छिटो भन्दा छिटो काम गरेर सडकलाई पहिलेकै अवस्थामा ल्याउन सबै खालका सहयोग र समन्वयका काम गरिरहेका छौँ ।’ मन्त्री घिसिङले भने  ।

images

दशैँ लगत्तै बाहिरी जिल्लाबाट काठमाडौं फर्कने गाडीको संख्या निकै धेरै हुने भएकाले उक्त समयमा जाम नहोस् भनेर उपकरण तथा जनशक्ति तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको उनले बताए । यस्तै, अबको केही दिनपछि नेपालमा भारी वर्षाको पूर्वानुमान भएकाले सुरक्षित हिसाबले यात्रा गर्न मन्त्री घिसिङले आग्रह गरेका छन् ।

images

मन्त्री घिसिङले भने, ‘असोजको १७, १८ र १९ गते विभिन्न जिल्लामा भारी वर्षा हुने पुर्वानुमान छ, यसबाट वीपी राजमार्ग र नारायणगढ–मुग्लिन तथा नारायणगढ–बुटवल सडक खन्डमा जोखिम रहेको भन्ने कुरा आएको छ । म सबै चालकहरूलाई सतर्कताका साथ गाडी चलाउन र यात्रुलाई पनि हतार नगरी, आवश्यक जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गर्दछु ।’

 

images

Nepal life insurance