गत शुक्रवार र शनिवारको वर्षाका कारण हालसम्म ५२ जनाको निधन, ५ जना बेपत्ता

imagesimages

 

काठमाडौँ । गत शुक्रवार र शनिवारको वर्षाका कारण हालसम्म ५२ जनाको निधन भएको छ ।

Nepal life insurance

मंगलवार राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले यसबारे जानकारी दिएको हो । प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टकाअनुसार पहिरोमा परी ३९ जनाको ज्यान गएको छ ।

पहिरोमा परी मृत्यु हुनेहरुमा इलाममा ३७, पाँचथरमा एक र काभ्रेपलाञ्चोकमा एक जना रहेका छन् । बाढीमा परेर मृत्यु हुनेहरु ११ जना रहेका छन् । उदयपुर दुई, धनुषा दुई, इलाम एक, पाँचथर एक, खोटाङ, मोरङ, सुनसरी, रौतहट र भोजपुरमा एक÷एक जना रहेका छन् । चट्याङबाट रौतहटमा दुई जनाको निधन भएको छ । हाल चार जना रसुवामा बेपत्ता रहेका कार्यकारी प्रमुख भट्टले बताउनु भयो । इलाममा एक जना गरी ५ जना बेपत्ता छन् । घाइते ४७ जना रहेको बताउनु भयो । पहिरोबाट ३३ जना, चट्याङबाट १४ जना घाइते भएका छन् ।

बेपत्ता भएकाहरुको खोजि कार्य जारी रहेको र त्यसका लागि तीन वटै सुरक्षा निकाय परिचालित रहेको बताउनु भयो ।

 

Nepal life insurance