आज गैर आवासीय नेपाली दिवस मनाइदै

imagesimages

 

काठमाडौँ । आज गैरआवासीय नेपाली दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नेपाल सरकारले गैरआवासीय नेपाली दिवस एनआरएन डे भनेर अक्टोबर ११ लाई घोषणा गरेपश्चात नेपालमा हरेक वर्ष यसैदिन गैरआवासीय दिवस मनाउने गरिएको हो । यस वर्ष भने आज मनाइँदै छ । गैर आवासीय नेपाली दिवसको सुरुवात सन् २००३ मा काठमाडौंमा सम्पन्न पहिलो विश्व सम्मेलनपछि भएको हो।

Nepal life insurance

विश्वभर छरिएर रहेका नेपालीहरुको साँझा सस्था गैरआवासीय नेपाली संघले औपचारिक कार्यक्रमको आयोजना गरी दिवस मनाउँदैछ । यो एउटा सार्क मुलुक बाहेकका मुलुकमा रहेका नेपाली नागरिक तथा नेपाली मुलका विदेशी नागरिक अटाउन सक्ने गैर–आवासीय नेपालीहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो ।

पछिल्लो तथ्यांकअनुसार गैर–आवासीय नेपाली संघमा ६८ हजार भन्दा बढी सदस्य आवद्ध रहेका छन् । संसारभरका ५६ वटा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) संघमा आवद्ध रहेका छन् ।

 

Nepal life insurance