भारत भ्रमणको क्रममा कुटनीतिक परिपक्कताकासाथ प्रस्तुत हुन विज्ञहरुद्धारा प्रधानमन्त्री बाबुराम भट्टराइलाई सुझाव

विज्ञहरुले भारत भ्रमणको क्रममा कुटनीतिक परिपक्कताकासाथ प्रस्तुत हुन प्रधानमन्त्री डा. बाबुराम भट्टाराइलाई सुझाव दिएका छन् ।

 

आज राजधानीमा भएको कार्यक्रममा विज्ञहरुले नेपाल भारतबीचको सिमा सुरक्षा र सीमा विवाद समाधानमा देखिएका समस्या समाधानका लागि ठोस सहमतिमा पुग्नुपर्नेमा जोड दिएका हुन् । दुर्गेशमान सिंह, बुद्धिलाल श्रेष्ठ लगायतले विगतमा गरिएका असमान सन्धिहरुको खारेज गर्नु पर्ने र नयाँ आधारमा सम्बन्ध विकासका आधारहरु खोज्नुपर्ने सुझाव दिएका हुन् ।

उनीहरुले भारतले एक पक्षिय रुपमा बनाएका बाँध र तटबन्धहरुले नेपाली जनतालाई समस्या भएको भन्दै त्यस्ता बाँध र तटबन्ध भत्काउनुपर्ने वताएका थिए । उनीहरुले पेट्रोलियम पदार्थ खरिदबारे पनि नयाँ सम्झौता गर्नुपर्नेमा जोड दिएका थिए ।