हिन्दू युवा सघंका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको हत्याका आरोपी भूमि सुधारमन्त्री प्रभु साहले पदबाट राजीनामा दिएका छन । मन्त्री साहले आज साझ प्रधानमन्त्री डा. बाबुराम भट्टराइलाई राजीनामा बुझाएका हन । यसअघि पार्टी केन्द्रीय सदस्य समेत रहेका शाहलाई एकीकृत माओवादीले फिर्ता बोलाएको थियो ।
मन्त्री साहलाई हटाउन संसददेखि सडकसम्म दबाब बढेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज विज्ञप्ती जारी गरी प्रभु साहको विषयमा संसदमा चलेको विवाद र चर्चाले शान्ति प्रक्रियामा असर पर्न सक्ने भन्दै उनलाई फिर्ता बोलाइएको जनाएका थिए ।
आजै विहान प्रचण्ड निवास नयाँबजारमा प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराईबीच भएको छलफलमा मन्त्री साहलाई फिर्ता बोलाउने निर्णय भएको थियो ।
पार्टी अध्यक्ष र प्रधानमन्त्रीबीचको छलफलमा मन्त्री साहलाई पनि संलग्न गराईएको थियो । तिवारीको हत्या आरोपमा पक्राउ परेका एक अभियुक्तले हत्यामा मन्त्री साहको संलग्नता रहेको वताएपछि प्रहरीले उनलाई समेत अभियुक्त बनाई मिसिल बुझाएकोमा सरकारी वकीलले उनलाई उन्मुक्ति दिएर मुद्धा दर्ता गराए पनि पदबाट हटाई मुद्दा चलाउन चौतर्फी दवाब परेको थियो । शनिबार साझ बालुवाटारमा बसेको सत्ताधारी दलहरुको बैठकले विवादास्पद दुई मन्त्रीको बारेमा निर्णय गर्ने जिम्मा सम्बन्धित दललाई दिएको थियो ।
माओवादीले मन्त्री साहलाई फिर्ता बोलाएपछि देश टुक्राउने अभिव्यक्ति दिने रक्षामन्त्री शरतसिंह भण्डारीलाई पनि पदबाट हटाउन लोकतान्त्रिक फोरममाथि तीव्र दवाव परेको छ ।