आज प्रहरी दिवस

नेपाल प्रहरीले आज प्रहरी दिवस २०६८ विविध कार्यक्रमसहित मनाउंदै छ । यसै अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आज विहान आयोजित कार्यक्रममा यस बर्ष कर्तब्य पालनाका क्रममा शहादत प्राप्त गर्ने चार अमर प्रहरीहरुप्रति श्रद्धाञ्जली अर्पण गरियो ।

 

अमर प्रहरीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छादारले जनतालाई सुरक्षाको अनुभुति दिलाउने गरी काम गर्न प्रहरीहरुलाई निर्देशन दिनुभयो । उहांले नागरिकसंग हातेमालो गरे अघि बढ्न सके मात्र समाजमा शान्ति सुव्यवस्था कायम गर्न सकिने बताउनुभयो ।

 

गृहमन्त्री गच्छदारले आफुले प्रहरी संगठनमा हस्तक्षेप नगरेको दावी गर्दैे भविष्यमा पनि प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप नहोस भनी प्रहरी सेवा आयोग गठन प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो ।

कार्यक्रममा गृह सचिव शुसील जंग राणा र प्रहरी महानिरिक्षक रविन्द्र प्रताव शाहले शान्ति सुरक्षा कायम प्रहरीले दृढता र ईमानदारितापुर्वक कार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो ।