मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि सबै पक्षको उचित सहयोगको आवश्यकता छः प्रधानमन्त्री कार्की

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा सबै पक्षलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।

नेपाल संवतको अवसर पारेर बुधवार काठमाडौंको वसन्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले जेन—जी आन्दोलनले भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा उठाएको आवाजलाई सम्बोधन गर्ने मूल दायित्व सरकारमाथि रहेको उल्लेख गर्दै सो अभिभारा पूरा गर्नका लागि सबैलाई साथ दिन आग्रह गर्नुभएको हो । प्रधानमन्त्री कार्कीले सरकारले निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनको मुद्दामा मौन बसेको छ भन्ने सत्य नभएको स्पष्ट पार्दै त्यसमा परिणाम आउने गरी राज्यको संयन्त्रहरुबाट काम भईरहेको दाबी समेत गर्नुभयो । उहाँले नेपालको संविधानको अधिनमा रही सरकारले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा काम गरिरहेको समेत बताउनु भयो । उहाँले भ्रष्टाचार नियन्त्रण, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै लोकतन्त्रलाई जीवित राख्ने र भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा पूरा गर्न सबै राजनीतिक दल, वर्ग र समुदायले सरकारलाई सहयोग गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले भन्नुभयो,‘जेन—जी आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी प्राप्त गरेको यहाँहरुलाई विदितै छ । विद्रोहपछिको अवस्थालाई सामान्यकरण गरी आगामी फागुन २१ गते भयरहित ढंगले त्यो चुनाव सम्पन्न गर्ने वातावरण तयार गर्न यो सरकार दत्तचित्त भएर लागेको छ । प्रत्येक दिन राजनीतिक दलहरुसँग कुनै न कुनै रुपमा सम्वाद भईरहेको छ । परिवर्तनका बाहक जेन—जी समुदायसँग पनि निरन्तर सम्वाद र सम्पर्कमा छौं । निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनको मुद्धामा मौन बसेका छौ भन्ने होइन । नेपालको संविधानको अधिनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्ने मूल दायित्व पनि हामी माथि छ । यसमा पनि परिणाम दिने गरी राज्यका संयन्त्रहरुबाट काम गरी अघि बढाईरहेको छ । यसका लागि समाजका सबै पक्षको उचित भुमिका हुन्छ । आउनुहोस, यसमा सहकार्य गरौं । र सचेत नागरिकको भुमिका निर्वाह गरौं । समाजमा सदभाव र एकता कायम गर्दै लोकतन्त्र जिवित राख्ने र भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा पूरा गरौं । यस कार्यमा सबै राजनीतिक दल, वर्ग, समुदायको साथ र सहयोग रहनेछ भन्नेमा विश्वस्त रहेको छु ।’

त्यस अवसरमा प्रधानमन्त्री कार्कीले नेपाल सम्वत नेपालीहरुको मौलिक सम्वत रुपमा रहेकाले त्यसका संरक्षण संवद्र्धन गर्न सरकारले विशेष ध्यान दिएको बताउनु भयो ।

 

Nepal life insurance

अन्य समाचारहरु