६ असोज, काठमाडौँ । प्रधानमन्त्री डा। बाबुराम भट्टराई आफ्नो चारदिने औपचारिक भारत भ्रणण सकेर आज स्वदेश र्फकँदै हुनुहुन्छ ।
भट्टराई साँझ पाँच बजेर २० मिनेटमा नेपाल बायुसेवा निगमको विमानमार्फत अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री भट्टराई ३७ सदस्यीय भ्रमण टोलीकासाथ बिहीबार भारतीय समकक्षी मनमोहन सिंहको निमन्त्रणामा भारत भ्रमणका लागि नयाँदिल्ली पुग्नुभएको थियो । प्रधानमन्त्रीलाई स्वागत गर्न कार्यवाहक प्रधानमन्त्रीको समेत जिम्मवारी सम्हालिरहनुभएका उपप्रधान तथा गहृमन्त्री विजयकुमार गच्छदार, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, मन्त्री तथा सभासद्हरु र उच्च पदस्थ सरकारी कर्मचारी अन्र्तराष्ट्रिय विमान स्थल जाने कार्यक्रम छ ।
प्रधानमन्त्री भट्टराईको भ्रमणका क्रममा बहुचर्चित लगानी प्रबर्द्धन तथा सुरक्षणसम्बन्धी सम्झैता ९बिपा० सहित तीनवटा बेग्लाबेग्लै द्विपक्षीय आर्थिक सम्झौतामा हस्ताक्षर भएको छ । बिपा सम्भौतालाई भट्टराईको पार्टी एकीकृत माओवादीको मोहन बैक्ष समूह र विपक्षी दलहरुले राष्ट्रघातीको आरोप लागएका छन् । यद्यपि भट्टराईले भने भारतसँग यो जत्तिको राष्ट्रवादी सम्झौता अहिलेसम्म नभएको दाबी गर्दै आरोपहरुको खण्डन गर्नुभएको छ । आफूले विरोध हुने जान्दाजान्दै मुलुकको आर्थिक हितका लागि