बंगालको खाडीमा चक्रवात ‘मोन्था’ सक्रिय, भारतका विभिन्न राज्यमा सतर्क रहन चेतावनी

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौँ । भारतीय मौसम विभागले चक्रवात मोन्था तीव्र गतिमा फैलिने बताएको छ ।

मोन्था हाल बंगालको खाडीमा सक्रिय रहेको छ । यसले भारतको तमिलनाडुका केही भागहरूमा भारी वर्षा गराउन सक्ने र चक्रवात आज आन्ध्र प्रदेशको तट पार गर्ने अनुमान गरिएको हुनाले, आन्ध्र प्रदेश र ओडिशाका केही भागहरूमा चक्रवातको चेतावनी जारी गरिएको छ ।

Nepal life insurance

भारतीय मौसम विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘चक्रवात साँझ वा राति आन्ध्र प्रदेशको काकीनाडा नजिकै मछलीपट्टनम र कलिंगपट्टनमको बीचमा तट पार गर्ने सम्भावना छ ।’

विज्ञप्ति अनुसार, त्यतिबेला हावाको गति ९०-१०० किलोमिटर प्रतिघण्टा पुग्न सक्ने उल्लेख छ ।

मौसम विभागले चक्रवात ‘मोन्था’ को प्रभावका कारण अक्टोबर २८ देखि ३० सम्म महाराष्ट्रको विदर्भ क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने अनुमान गरिएको छ ।

चक्रवातलाई ध्यानमा राख्दै आन्ध्र प्रदेश, ओडिशा, तमिलनाडु, पुडुचेरी र अण्डमान र निकोबार टापुका पार्टी एकाइहरूलाई चक्रवात ‘मोन्था’ को सम्भावित प्रभावलाई ध्यानमा राख्दै राहत र सहायता कार्यका लागि पूर्ण रूपमा तयार रहन निर्देशन दिइएको छ ।

 

Nepal life insurance