आज विश्व स्ट्रोक दिवस मनाइदै

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौँ । आज विश्व स्ट्रोक दिवस । मानिसलाई मस्तिष्कघात (स्ट्रोक) बारे सचेत गराउने र रोकथामका उपायबारे ध्यानाकर्षण गराउने उदेश्यले हरेक वर्ष अक्टोबर २९ तारिखका दिन जनचेतनामुलक कार्यक्रम गरेर मनाइन्छ ।

Nepal life insurance

यस वर्षको विश्व स्ट्रोक दिवसको नारा ‘एभ्री मिनेट काउन्ट’ अर्थात ‘हरेक मिनेट महत्वपूर्ण छ’ भन्ने रहेको छ ।

अहिले नेपाल लगायत विश्वमा नै मस्तिष्कघातको समस्या बढ्दो गतिमा छ । व्यक्तिको आयु लम्बिरहेको वर्तमान अवस्थामा मस्तिष्कघातको समस्या पनि त्यही गतिमा बढिरहेको छ । खानपान र जीवनशैलीमा आएको परिवर्तनका कारण यो समस्या युवा उमेरका व्यक्तिहरुमा पनि देखिएको छ । केही बच्चाहरुलाई वंशाणुगत कारण मस्तिष्कघात हुने गर्छ । जन्मजात मस्तिष्कको नशा सुन्निएको वा राम्रोसँग नशाको विकास नभएका बच्चाहरुलाई मस्तिष्कघात हुने सम्भावना रहन्छ ।

पक्षघात हुने कारण थुप्रै हुन्छन । उच्च रक्तचाप बढ्नाले मस्तिष्कमा आघात पुग्छ, जसले गर्दा मस्तिष्कघात हुने सम्भावना रहन्छ । मुटु रोगी, मधुमेही, धुम्रपान, मोटोपना, अस्वस्थ्यकर खानपान र जीवनशैली आदि कारणले मस्तिष्कघात हुने सम्भावना रहन्छ ।

यसका प्रमुख लक्षणमा रिंगटा लाग्ने, मुख बाङ्गिने, हातखुट्टा नचल्ने, एक्कासी एउटा हात लुलो हुने, बोली लरबराउने वा स्वरै गुम्ने, दृष्टिमा अचानक समस्या उब्जिने र कुरा बुझ्न अप्ठयारो हुने जस्ता रहेका छन् ।

विश्वमा हरेक बर्ष एक करोड २० लाख मानिसलाई मस्तिष्कघात हुने गर्दछ । विश्वभरको आँकडालाई हेर्दा करिब ४ मध्ये एक जनाले २५ बर्षको उमेरपछि जीवनमा एक पटक मस्तिष्कघातबाट प्रभावित हुने गर्दछन । मस्तिष्कघातबाट हरेक बर्ष विश्वभर करिब ७० लाख मानिसको मृत्यु हुने गर्दछ ।

 

Nepal life insurance