युद्धविराम सम्झौताप्रति अझै प्रतिवद्ध छौँः हमास

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौँ ।  हमासले बुधवार इजरायलसँगको युद्धविराम सम्झौताप्रति प्रतिवद्ध रहेको बताएको छ । साथै इजरायलले युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ । एक प्रेस विज्ञप्तिमा हमासले गाजामा इजरायलको हालैको आक्रमणले अमेरिकी प्रशासनको संलग्नताको बीचमा युद्धविराम सम्झौतालाई कमजोर पार्ने र बल प्रयोग गरेर नयाँ वास्तविकताहरू लाद्ने आफ्नो मनशाय प्रकट गरेको बताएको छ ।

इजरायल र हमासले हालैका दिनहरूमा युद्धविराम उल्लंघनको लागि दोषारोपण गर्दै आएका बेला यो विज्ञप्ति आएको हो । रातभरको आक्रमणमा ४६ बालबालिका र २० महिलासहित १०४ प्यालेस्टिनीको मृत्यु भएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बुधवार बताएका छन् ।

प्रतिक्रियामा हमासले मंगलवार राति हुने भनिएको इजरायली बन्धकको शव हस्तान्तरण स्थगित गरेको बताएको छ । इजरायलले युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप लगाएको छ । बुधवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायम रहने बताउनुभएको छ । साथै इजरायलले आफ्नो सैनिक मारिएकोले प्रतिक्रिया दिनुपर्ने बताउनुभएको छ ।

 

Nepal life insurance