अविरल वर्षाका कारण उपत्यकासहित देशभरको जनजीवन प्रभावित

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौँ ।  अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशभरको जनजीवन कष्टकर बनेको छ । बिहीवार बिहानैदेखि अविरल वर्षाका कारण उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको हो । काठमाडौं उपत्यकामा बुधवार रातिदेखि नै अविरल वर्षा जारी छ ।

जसकारण आम नागरिकका दैनिक कामहरु प्रभावित भएका हुन् । कार्यालय जानका लागि र दैनिक कामहरु गर्नका लागि वर्षाका कारण समस्या सिर्जना भएको छ । आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा अधिकांश बदली रही तराई भू–भागमा साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी प्रदेश, मधेस प्रदेश, वागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा पूर्ण बदली रही तराई भू–भागमा अधिकांश बदली रहने छ ।

कोशी प्रदेश, मधेस प्रदेश र वागमती प्रदेशका अधिकांश स्थानहरूमा, गण्डकी प्रदेश र लुम्विनी प्रदेशका धेरै स्थानरूमा तथा बाँकी भू–भागका केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेश, वागमती प्रदेश, र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको साथै कोशी प्रदेश, मधेश प्रदेश, वागमती प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “मोन्था” को प्रभाव रहेको छ। साथै पश्चिमी वायूको र अरव सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।

 

Nepal life insurance