नेप्से ३४.२२ अंकले बढ्यो, ७ अर्ब ५१ करोडको कारोबार

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौँ । नेप्से आज बढेको छ । विहिबार नेप्से ३४.२२ अंकले बढेर २६००.३८ विन्दुमा पुगेर रोकिएको छ ।

Nepal life insurance

आज ३१९ कम्पनिका २ करोड ६० लाख १० हजार ७१८ कित्ता शेयर ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार ४७३ मा कारोबार भएको थियो । आज म्युचुअल फन्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज गुराँस लघुवित्त र उन्नति सहकार्य लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सुपर मादी हाइड्रोको शेयरमा ९.५४ प्रतिशतले बढेको छ । त्यसैगरी आज एनआइबिएल स्टेबल फण्डको शेयर ५.७० प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी हिमालयन बैंकको प्रमोटर शेयरको एक अर्ब ६६ करोड ५० बराबरको कारोबार भएको छ भने राढ़ी विद्युत कम्पनिको ३७ करोड ६० लाख बराबरको कारोबार भएको छ ।

 

Nepal life insurance