मिथिलाञ्चलमा सामा चकेवा पर्व शुरु

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौँ । छठ पर्वको खरनासँगै मिथिलाञ्चलमा सामा चकेवा पर्व शुरु भएको छ ।  सामा चकेवा पर्वको सुरिला गीतहरुले मिथिलाञ्चलाई सुरीलो बनाइरहेको छ । भाई बहिनीको स्नेहको पर्व सामा चकेवाले पूरा मिथिलाञ्चलकै वातावरणलाई मनमोहक बनाउने गर्छ । मिथिलाको पारम्परिक पर्वको रुपमा रहेको सामाचकेवा छठको खरना अर्थात कार्तिक शुक्ल पञ्चमी तिथिबाट शुरु भई पूर्णिमा तिथि अर्थात दश दिनसम्म रातिमा छरछिमेकमा रहेका दाजुभाई हुने दिदिबहिनीहरुले सामुहिक रुपमा खेल्ने गर्दछन्  ।

Nepal life insurance

यस पर्वमा माटोबाट सामा, चकेवा, वृन्दावन, चुगला, सातभाईया सहितका पात्रहरु निर्माण गरिन्छ र रातिको समयमा दिदिबहिनीहरु मिथिला संस्कृति झल्किने विभिन्न मैथिली गीतहरु गाउँदै चुगला नामक पात्रलाई गाली गर्दै बनेको हास्यपरिहास्यको माहौलले पर्वलाई मनोरञ्जनात्मक बनाउने गरेका छन् । सामाचकेवा पर्व भाईबहिनीको पर्व मात्र नभई वातावरणीय हिसाबले समेत महत्वपूर्ण रहेको संस्कृतिविद्हरु बताउँछन् ।

पद्म पुराणकाअनुसार भगवान कृष्णकी छोरी श्यामा र बुन्दावनका कुमार चारुबक्य एकअर्कालाई माया गर्थे । राज्यका महासामन्त चूडक पनि श्यामालाई प्रेम गर्दथे । श्यामा र चारुवक्यलाई माया बन्धनमा बाँधिएको देखेर चुडकले श्यामाको सतीत्वमाथि लाञ्छना लगाउँदै भगवान कृष्णलाई झुठो कुरा सुनाउँछ । भगवान कृष्णले छोरीमाथी क्रुद्ध हुँदै छोरीलाई चरी बन्ने श्राप दिन्छन् । भाई साम्बले पछि बहिनी श्यामालाई चरि योनीबाट मुक्त गराएको स्मरणमा यो पर्व मिथिलाञ्चलमा समेत मनाउन थालिएको हो ।

 

Nepal life insurance