बास्कोटाको ओलीप्रति कटाक्ष: फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौँ ।  नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति कटाक्ष गर्दै फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले नेपालका वाम्पन्थी मिसिने तर नमिल्ने हिन्द र प्रशान्त महासगर जस्ता प्रवृत्तिवाट अभिशप्त रहेको बताउदै फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात भएको टिप्पणी गरेका हुन् ।

यसअघि शुक्रबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत पार्टी छाडेकाहरूलाई घर फर्किन आव्हान गरेका थिए ।

बास्कोटाले भनेका छन्: 

फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो । तर नेपालका वाम्पन्थी त्यै प्रवृत्तिवाट अभिशप्त छन । मिसिने तर नमिल्ने हिन्द र प्रशान्त महासगर जस्ता । कारण-गहिराईको चाप र  नेतृत्वको राप । फुट भन्दा जुट राम्रो तर ढोक्सामा परेको माछी नहुनु अर्कोले  तारेर खाए वा सुरुवा बनाएर पिए पनि हुने ।

 

Nepal life insurance

अन्य समाचारहरु