





काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार संयुक्त राज्य अमेरिकाले भेनेजुएलाभित्र जमिन आक्रमण गर्ने कि नगर्ने भन्ने निर्णय अझै गरि नसकेको बताउनुभएको छ । दक्षिण अमेरिकी देशमा सैन्य सुविधाहरूमा आक्रमण हुने सम्भावना रहेको मिडिया रिपोर्टहरूको खण्डन गर्नुभयो ।
यसअघि मियामी हेराल्ड आउटलेटले रिपोर्ट गरेको थियो कि ट्रम्प प्रशासनले भेनेजुएला भित्रका सैन्य प्रतिष्ठानहरू विरुद्ध हमला गर्ने निर्णय गरेको छ । जुन केही दिन वा घण्टामा आउन सक्छ ।

सेप्टेम्बर २ देखि अमेरिकी सेनाले क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा लागुऔषध तस्करी गरेको आरोपमा अन्तर्राष्ट्रिय पानीमा १५ वटा जहाजहरू डुबाए, जसको परिणामस्वरूप कम्तिमा ६१ जनाको मृत्यु भएको छ । अमेरिकी मिडियाकाअनुसार प्रतिनिधि सभामा एक प्यानलले बिहीवार आयोजना गरेको गोप्य ब्रीफिंगमा पेन्टागनका अधिकारीहरूले ती आक्रमणहरूमा मारिएका सबै व्यक्तिहरूको पहिचान थाहा नभएको स्वीकार गरेका छन् ।


विगतका हप्ताहरूमा क्यारिबियनमा पेन्टागनको सैन्य निर्माण तीन दशकमा सबैभन्दा ठूलो स्तरमा बढेको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले वाशिंगटनको कार्यहरूलाई उनको सरकारलाई उल्टाउने र ल्याटिन अमेरिकामा अमेरिकी सैन्य प्रभाव विस्तार गर्ने प्रयासको रूपमा बारम्बार निन्दा गरेका छन् ।



