विप्लवको टिप्पणी- एकताको नाममा पार्टीहरू खप्टिने र उप्किने तरिका निकै थोत्रो भयो

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले कम्युनिस्टहरूका बीचमा मोर्चाबन्दी जरुरी रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै विप्लवले जेनजी बिद्रोह पछि कम्युनिस्ट आन्दोलनबारे स्पष्ट धारणा रहेको बताउदै कम्युनिस्टहरूका बीचमा मोर्चाबन्दी जरुरी रहेको बताएका हुन् ।  उनले नयाँ कम्युनिस्ट केन्द्र निर्माणको अपरिहार्यता रहेको बताउदै एकता नाममा पार्टीहरू खप्टिने र उप्किने तरिका निकै थोत्रो भइसकेको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्:  

जेनजी बिद्रोह पछि कम्युनिस्ट आन्दोलनबारे हाम्रो स्पष्ट धारणा छ-

१- नयाँ कम्युनिस्ट केन्द्र निर्माणको अपरिहार्यता छ,

२- कम्युनिस्टहरूका बीचमा मोर्चाबन्दी जरुरी छ,

३- कम्युनिस्टहरू र मित्रहरूका बीच बैचारिक,सैद्धान्तिक,ब्यबहारिक बहसहरू आवश्यक छन,

४- एकताको नाममा पार्टीहरू खप्टिने र उप्किने तरिका निकै थोत्रो भइसक्यो । समयले धेरै पछि छोडिसक्यो । यसैमा रमाउने, लफाङ्गिने, थेचारिने आफ्नै भुटभुटी मात्र हो । इमानदार दर्शकका लागि यो केवल व्यङ्ग्य मात्र लाग्छ  ।

 

Nepal life insurance

अन्य समाचारहरु