आरएसएफको कब्जापछि सुडानको अल फाशेरबाट ६० हजारभन्दा बढी विस्थापित

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौँ । अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) ले सुडानको अल-फाशेर शहर कब्जा गरेदेखि ६० हजारभन्दा बढी विस्थापित भएका छन् ।

आरएसएफ लडाकुहरू १८ महिनाको घेराबन्दी पछि शहरमा प्रवेश गरे, जुन समयमा शहरले भोकमरी र निरन्तर बमबारी सामना गर्यो । शहर कब्जा गरेदेखि सामूहिक हत्या र मानवता विरुद्धको अपराधको रिपोर्ट पनि आएको छ ।

Nepal life insurance

संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका अनुसार, हिंसाबाट भागेर ६० हजार भन्दा बढी विस्थापित भएका छन् र पश्चिममा लगभग ८० किलोमिटर टाढा रहेको तविला शहरमा हालका दिनहरूमा मानिसहरूको संख्या बढेको छ ।

विस्थापित मानिसहरूले बलात्कार सहितको भयानक अत्याचार भएको बताएका छन् र एजेन्सीलाई उनीहरूको लागि पर्याप्त आश्रय र खानाको व्यवस्था गर्न कठिनाइ भइरहेको छ । अझै पनि डेढ लाख भन्दा बढी मानिसहरू अल-फाशेरमा फसेका छन्। यो शहर पश्चिम डार्फर क्षेत्रमा सेनाको अन्तिम गढ थियो ।

अल-फशेरमा भएका हत्याहरू जातीय रूपमा प्रेरित छन् भन्ने आरोपलाई आरएसएफले अस्वीकार गरेको छ । सुडानमा शक्ति संघर्ष जारी छ, देशको सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच लडिरहेको छ ।

 

Nepal life insurance