असोज महिनामा २ हजार ७५७ दुर्घटना, २४७ जनाको मृत्यु

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौं । गत असोज महिनामा मात्रै देशभर २ हजार ७५७ दुर्घटना भएका छन् । नेपाल प्रहरीले सार्बजनिक गरेको तथ्यांक अनुसार २ हजार ७५७ वटा दुर्घटनामा ३ हजार ९४७ सवारी साधन संलग्न रहेका छन् ।

Nepal life insurance

ती दुर्घटनामा २४७ जनाले ज्यान गुमाएका छन् भने ८४८ जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै  दुर्घटनामा परी ४ हजार ३७ जना साधारण घाइते भएका छन् । मृत्यु हुनेमा १७७ पुरुष, ५८ महिला, ९ बालक र ३ बालिका रहेका छन् ।  दुर्घटनामा परेका सवारी साधनमध्ये बढी मोटरसाइकल रहेको छ र २ हजार ४६७ मोटरसाइकल दुर्घटनामा परेका छन् ।

सबैभन्दा बढी तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । तीव्र गतिमा सवारी चलाउँदा १ हजार ५३८ दुर्घटना भएका छन् । त्यसपछि चालकको असक्षमतामा २२५, मापसेबाट २०७, हतारमा बाटो काट्दा १३५ र अनावश्यक ओभरटेक गर्दा ५४ दुर्घटना भएका छन् ।

त्यस्तै गरि असोज महिनामा ट्राफिक प्रहरीले कुल ३३ हजार २२६ कारवाही गरेको छ भने ३ करोड १३ लाख ७३ हजार ५०९ राजश्व उठाएको छ ।

 

Nepal life insurance