पाकिस्तानको चेतावनी- अफगानिस्तानले घुसपैठ गरेमा युद्धविराम समाप्त भएको मानिने छ

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौँ । पाकिस्तानले अफगानिस्तानले घुसपैठ गरेमा युद्धविराम समाप्त भएको मानिने चेतावनी दिएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल अहमद शरीफले अफगानिस्तानबाट पाकिस्तानमा घुसपैठ भयो भने, युद्धविराम समाप्त भएको मानिनेछ र त्यस्तो कुनै पनि आक्रमणको पूर्ण शक्तिका साथ जवाफ दिइने बताएका हुन् ।

पाकिस्तान र अफगानिस्तान बीचको द्वन्द्वमा २०६ अफगान तालिबान लडाकु र अतिवादी समूह तहरीक-ए-तालिबान पाकिस्तानका ११० लडाकु मारिएका थिए । विभिन्न सरकारहरूको कार्यकालमा अफगानिस्तानको आधिकारिक भ्रमणको विवरण साझा गर्दै उनले कुनै पनि अतिवादी समूहसँग वार्ता नगर्ने बताए ।

अहमद शरीफले पाकिस्तानलाई आफ्नो रक्षा गर्ने अधिकार रहेको र कुनै पनि आक्रमणको पूर्ण शक्तिका साथ जवाफ दिइने बताए । सैन्य प्रवक्ताका अनुसार, अफगान तालिबानले कतार र टर्कीलाई मध्यस्थकर्ताको भूमिका खेल्न अनुरोध गरेको थियो । उनले यी वार्ताहरूको क्रममा पाकिस्तानले अफगान भूमिबाट पाकिस्तानमा आक्रमण र अतिवादी गतिविधिहरूको बारेमा अकाट्य प्रमाणहरू प्रस्तुत गरेको थियो ।

उनले अफगानिस्तानलाई आतंककारीहरू विरुद्ध कारबाही गर्न वा पाकिस्तानलाई सुम्पन आग्रह गरेको बताए ।

 

Nepal life insurance