चितवन, १४ कात्तिक निजी विद्यालयमा कार्यरत शिक्षकहरुले सरकारी विद्यालयका शिक्षक कर्मचारीसरह समान तलब सुविधा माग गर्दै चितवनका सबै निजी विद्यालय अनिश्चितकालका लागि बन्द गरेका छन् ।
हिजो साँझ प्याब्सन र ईष्टु चितवनबीच भएको वार्तामा सहमती नजुटेपछि आजबाट बन्द आहृवान गरिएको ईष्टु चितवनका अध्यक्ष केशवराज पाठकले बताए ।
बन्दका कारण आज पहिलो दिन जिल्लाभर रहेका १ सय ६१ बोर्डिङ स्कूलमा अध्ययनरत ६०हजार भन्दा बढि विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको छ । यस विषयमा प्याब्सनले शुल्क वृद्धि नगरिकन सेवासुविधा वढाउन नसकिने बताएको छ । जिल्ला शिक्षा कार्यालय भरतपुरले शैक्षिक सत्रकोबीचमा तलव बढाउन नसकिने जनाएको छ ।
यसअघि उनीहरुले कात्तिक ४ गते प्याब्सन चितवनको कार्यालयमा तालाबन्दी गरेका थिए ।