एकीकृत समाजवादीबाट आउने नेताहरूलाई स्वागत गर्न तयार छौं- योगेश भट्टराई

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीबाट आउने नेताहरूलाई पार्टीमा स्वागत गर्न तयार रहेको बताएका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमा लेख्दै भट्टराईले जनताको बहुदलीय जनवादप्रतिको प्रतिबद्धता नै एकताको मुख्य आधार भएको उल्लेख गर्दै नीति र नेतृत्वलाई स्वीकार गर्ने भन्ने भनिरहनु पर्ने विषय नभएको टिप्पणी गरेका छन् । अमुक नेतालाई जिताउनै पर्ने पूर्व शर्त स्वीकार गर्ने या नगर्ने यो यहाँहरूकै बिबेकको विषय हो  भन्दै भट्टराईले एमालेमा समाहित हुनु कुनै शर्तभन्दा पनि माथिको महत्वको सवाल भएको बताएका छन् ।

योगेशले भनेका छन्: 

नेकपा समाजवादीबाट एमालेमा समाहित हुने तयारीमा रहनु भएका कमरेडहरू,  पार्टी अध्यक्ष, महासचिव लगायत हामी सबैले यहाँहरूलाई नेकपा एमालेमा समाहित हुन आह्वान गरिसकेका छौ । तपाईंहरुलाई स्वागत गर्न हामी तयार छौ । जनताको बहुदली जनवादप्रतिको प्रतिबद्धता नै हाम्रो एकताको मुख्य आधार हो । अरूसबै तपशीलका विषय हुन । नीति र नेतृत्व स्वीकार गर्नु पर्ने शर्त पनि सुनियो । नीति र नेतृत्वलाई अस्वीकार गरेर सहकार्य कसरी हुन्छ र ? यो भनिरहनु पर्ने विषय नै होईन ।

जबज हाम्रो सिद्धान्त हो, नीति हो । तपाईं हाम्रो साझा प्रयत्नले यसलाई थप परिष्कृत र समृद्ध बनाऊने हो । प्रतिस्पर्धाबाट छानिएको नेतृत्व हाम्रो एकताको आधार हो । पार्टीको ११ औ महाधिवेशनको मिति घोषित छ । महाधिवेशन पूर्व नीति र नेतृत्वको बहस गर्ने वैधानिक अभ्यास पाँचौ महाधिवेशनबाटै स्थापित गरिएको छ । यो पार्टी जीवनको लोकतान्त्रिकरणको महत्वपूर्ण आयाम पनि हो । अमुक नेतालाई जिताऊनै पर्ने पूर्व शर्त स्वीकार गर्ने या नगर्ने यो यहाँहरूकै बिबेकको विषय हो । तर एमालेमा समाहित हुनु कुनै शर्तभन्दा पनि माथिको महत्वको सवाल हो । एमालेमा तपाईहरूको सहभागिताबाट कुन नेतालाई फाइदा हुन्छ या हुन्न?  कुन नेताले जित्छ या हार्छ? यो गौण हो । हामी चाहन्छौ हाम्रो सहकार्यले नेपाल राष्ट्रले जित्नु पर्छ, नेपाली जानताले जित्नु पर्छ र नेकपा एमालेले  जित्नु पर्छ । त्यसका खातिर हामी हजार पटक हार्न तयार छौ ।

 

Nepal life insurance

अन्य समाचारहरु