कम्युनिष्ट पार्टीहरुको एकतामा बल पु¥याउने ध्येयले नेपाली कम्युनिष्ट पार्टीको घोषणामा सहभागी भएँः झलनाथ खनाल

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौँ । (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिंगो कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउने ध्येयका साथ आफू पनि नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा सहभागी भएको बताउनुभएको छ ।

Nepal life insurance

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग केही कुरामा फरकमत भएपनि आफू सिंगो मुलुकलाई एकतावद्ध गर्नका लागि बामपन्थीहरु एकतावद्ध हुनुपर्ने अडानमा रहेका सो पार्टीको एकीकरणमा ढिलो गरेर भएपनि सहभागी भएको स्पष्टिकरण दिनुभएको हो । नयाँ पार्टी खोल्ने घोषणा गरेका नेता खनालले बुधबार दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीको घोषणा कार्यक्रममा सहभागी हुनुभएको छ । उहाँले आफू सिंगो मुलुकलाई एकतावद्ध बनाउने अभियान अन्तर्गत सो कार्यक्रममा सहभागी भएको स्पष्ट पार्नुभयो ।

नेता खनालले भन्नुभयो,‘हामीले नयाँ संकल्प लिएर अघि बढनुपर्ने आवश्यक्ता छ । म केही ढिलो आएकै हो । ढिलो आउनुका केही कारणहरु छन । मैले कमरेड प्रचण्डलाई भनिसकेको छु हामी त्यो कुरा मिलाउँछौ भनेर उहाँले प्रतिवद्धता जनाउनुभएको छ । त्यसकारण म त्यही विश्वासको आधारमा केही रिजर्भेशन भएपनि एकताको कुनै विकल्प छैन अहिले । त्यसकारण एकतामा बल पु¥याउनका लागि म यहाँ आएको हो कमरेडहरु । एकता वामपन्थीहरुको एकता अनि यो सिंगो राष्ट्रको एकता नेपालको एकता आजको आवश्यकता हो । त्यो एकता निर्माण गर्नका लागि आज तपाई हामीले कम्मर कस्नु परेको छ ।’

नेता खनालले मुलुकलाई संकटबाट पार लगाउनका लागि सिंगो वामपन्थीहरु दलहरुबीच एकता हुनुको विकल्प नरहेको तर्क समेत गर्नुभयो ।

 

Nepal life insurance

अन्य समाचारहरु