नेपाली राजनीतिको मुख्य समस्या भ्रष्टाचार र कुशासनः उपसंयोजक नेपाल

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौँ । नवगठित नेपाली कम्युनिष्ट पार्टीका उपसंयोजक माधवकुमार नेपालले नेपाली राजनीतिको मुख्य समस्या नै भ्रष्टाचार र कुशासन रहेको बताउनुभएको छ ।
बुधवार काठमाडौंमा आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले समाजिक न्याय र समानताको लागि माओवादीसहितका दलहरुसँग पार्टी एकता गर्नुपरेको बताउनु भयो । उहाँले वर्तमान राजनीतिक प्रणालीमा जिम्मेवारीभन्दा पदको मोह बढी भएको बताउँदै नेताहरुमा इमानदारी, त्याग र तपस्याको कमी रहेको पनि टिप्पणी गर्नुभयो ।

उहाँले उहाँले पार्टी र नेतृत्वले आफ्नै आचरण र व्यवहारबाट जनताको विश्वास जित्नुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले विगतको वामएकताको  प्रयासमा संलग्न रहेका अधिकांश नेताहरु यही पार्टीमा रहेको उल्लेख गर्दै मुख्य कम्युनिष्ट दल नेपाली कम्युनिष्ट पार्टी नै बनेको पनि जिकिर गर्नुभयो ।

Nepal life insurance

उहाँले भन्नुभयो, ‘नेपाली राजनीतिको सबैभन्दा ठुलो रोग भ्रष्टाचार भएको छ, कुशासन भएको छ । नेपाली राजनीतिको सबैभन्दा ठूलो रोग आत्मकेन्द्रित चिन्तन भएको छ । जिम्मेवारी पूरा नगर्ने पदमात्रै ओगट्ने, ठुलठुला ओहोदामा जान चाहाने तर जिम्मेवारी पुरा नगर्ने यो ठूलो समस्या छ । इमानदारिताको अभाव छ । त्याग तपस्याको कमी छ । त्यसो भएको हुनाले हामीले आफ्नो आचरण र व्यवहारबाट जनताको विश्वास जित्न सक्नुपर्छ । नयाँ पुस्ताको विश्वास जित्न सक्नुपर्छ । अब के सही हो भने कुराले च्युरा भिज्नेवाला छैन । हामी कुरा गर्न धेरै सिपालु छौं । तर त्यो कुरालाई व्यवहारमा रुपान्तरण गर्ने कुरामा हामी पछाडि परेका छौं । देश बनाउने सवालमा धेरै कमजोरीहरु रहेका छन् । अब ती कमजोरीहरुलाई सुधारेर अघि बढ्नैपर्छ । हामीले जनतामा नयाँ आशा, विश्वास र संकल्प पैदा गर्न सक्नुपर्छ । त्यसो भएको हुनाले हाम्रो देशको विकासले गर्दा विश्वमा हामी नेपाली भएकोमा गौरवबोध गर्न सक्नेछौं ।’

उपसंयोजक नेपालले नयाँ पुस्तामा विश्वास र आशा जगाउनेतर्फ ध्यान दिनुपर्ने बताउँदै देश निर्माणका कमजोरी सुधार्दै अघि बढ्न आफूहरु प्रतिवद्ध रहेको पनि बताउनु भयो । उहाँले समाजवादी मोर्चालाई समेत सँगसँगै अगाडि बढाउनुपर्ने बताउनु भयो । उहाँले विभिन्न घटकका कार्यकर्तालाई उत्साहित बनाउन मोर्चाले महत्वपूर्ण भुमिका खेल्ने भन्दै आत्मविश्वासका साथ अघि बढ्न सबैमा आग्रह गर्नुभयो ।

 

Nepal life insurance

अन्य समाचारहरु