श्यामसुन्दर गुप्तालाई संविधानसभा सदस्यमा पुनस्थापना गर्न सर्वोच्चको आदेश

– चेतबहादुर सिंह

 

काठमाडौ – सर्वोच्च अदालतले आफ्नै आदेश उल्ट्याउँदै श्यामसुन्दर गुप्तालाई संविधानसभा सदस्यमा पुनस्थापना गर्न आदेश दिएको छ ।

न्यायायधीशहरु कल्याण श्रेष्ठ, बैद्यनाथ उपाध्याय र ज्ञानेन्द्रबहादुर कार्कीको पूर्ण इजलासले बिहीबार यसअघि संयुक्त इजलासबाट गुप्तालाई सभासद् पदबाट खारेज गर्न गरेको आदेश संविधानसम्मत नदेखिएको भन्दै बदर गरेको हो ।