विश्वप्रकाश भन्छन्- विशेष महाधिवेशन ९० दिन भित्र गर्नैपर्छ, यो बाध्यात्मक छ

imagesimages

 

काठमाडौँ ।  नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन प्रस्ताव दर्ता भएको ९० दिन भित्र गर्न बाध्यात्मक रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा कांग्रेसमा अहिले महाधिवेशन बारे देखिएको विवाद बारे आफ्नो धारणा राख्दै महामन्त्री शर्माले काँग्रेसको विधानको व्यवस्था सम्झाएका हुन् ।

Nepal life insurance

उनले नियमित महाधिवेशन पुस, माघ, बैशाख या त्यो भन्दा अघि पछि गर्न विधानले बाधा नगर्ने बताउदै विशेष महाधिवेशनको माग भएको अवस्थामा ९० दिन भित्र अनिवार्य गर्न बाध्यात्मक अवस्था रहेको बताएका छन् ।  उनले भनेका छन्- ‘नियमित महाधिवेशन पुस, माघ, बैशाखमा या त्यो भन्दा अघिपछि गर्न नेपाली काँग्रेसको बिधानले बाधा गर्दैन । तर…तर बिशेष महाधिवेशन ९० दिनभित्र अनिवार्य सम्पन्न गर्न बिधानको दफा १७(२) को स्पष्ट निर्देशन छ । यो बाध्यात्मक छ ।’

कांग्रेसको विधानको दफा १७(२) मा भनिएको छ- ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ ।’

उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रुपमा माग गरेको बिशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मुल प्रश्न भएको बताउदै बिशेष महाधिवेशनको मागलाई बिशेष महाधिवेशनको आयोजनाले र त्यही समयावधिभित्र नियमित महाधिवेशनको आयोजनाले मात्रै सम्बोधन गर्न सक्ने धारणा राखेका छन् ।  उनले यसलाई कुनै इफ, बट, इन्तु, परन्तु नगरिकन प्रष्ट ढंगले बुझ्न जरुरी रहेको बताएका छन् ।

images

 

Nepal life insurance

images