काठमाण्डौं, कात्तिक १९ – चिनीयाँ टोली पनि काठमाण्डौंमा आईपुगेको छ । चिनीयाँ कम्यूनिष्ट पार्टीका पोलिटब्यूरो सदस्यको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्री बाबुराम भट्टराईलगायत दलका नेताहरुसित भेटवार्ता गर्नेछ । पूर्व तयारी अनुसार चिनीयाँ टोली काठमाण्डौं आएको हो ।
यसै बिच भारतीय सत्तारुढ दल कंग्रेस आईका नेता करन सिंह काठमाण्डौं आउनुभएको छ । कंग्रेस आईका नेता करन सिंह काठमाण्डौं विश्वविद्यालयको एक कार्यक्रममा भाग लिन काठमाण्डौं आउनु भएको हो ।
सिंहलाई नेपालका राजदूत जयन्तप्रसादले त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभएको थियो । सिंह सोल्टी होटलमा बस्नु भएको छ ।
वि.सं. २०६२/६३ को जनआन्दोलन चर्किएका बेला भारतीय प्रधानमन्त्रीको विशेष दुत बनेर नेपाल आएका करण सिंहले तत्कालिन राजा ज्ञानेन्द्र र आन्दोलनरत दललाई मिलाउने प्रयास गर्नुभएको थियो । उहाँ नेपालबारे जानकार भारतीय नेता हुनुहुन्छ ।
