लुक्लाको मौसममा क्रमिक सुधार, हवाई उडान सुचारु

सोलुखुम्बु, २१ कात्तिक लुक्लाको मौसममा क्रमिक सुधार भएपछि ६ दिनदेखि अवरुद्ध हवाइसेवा सुचारु भएको छ । मौसम बिग्रिएर हवाई उडान अवरुद्ध हुँदा झण्डै साढे तीन हजारभन्दा बढी पर्यटकहरु लुक्लामा अलपत्र परेका थिए ।  
सेनाका प्रवक्ता रमिन्द्र क्षेत्रीकाअनुसार अलपत्र पर्यटकहरुलाई नेपाली सेनाको एमआई १७ हेलिकोप्टरले उद्धार गरेर काठमाडौं ल्याउनेछ ।  स्थानीय होटल व्यवसायीका अनुसार हवाई सुचारु नहुँदा ६ दिनदेखि पदयात्री तथा पर्यटक अलपत्र परेपछि उनीहरुको खानेबस्ने व्यवस्था मिलाउन समेत समस्या भएको थियो । बास बस्ने होटेल नपाएपछि लुक्लामा केही पर्यटकहरु खुला आकाशमुनि पाल टाँगेर समेत बस्न बाध्य भएका थिए ।