टर्कीको पूर्वी बान प्रान्तमा ५ दशमलब ७ रेक्टर स्केलको भूकम्प जाँदा 19 जनाको मृत्यु

टर्कीको पूर्वी बान प्रान्तमा ५ दशमलब ७ रेक्टर स्केलको भूकम्प जाँदा 19 जनाको मृत्यु भएको प्रारम्भिक खबर छ । रातको समयमा आएको भूकम्पका कारण सञ्चारकर्मी र अन्तर्राष्ट्रिय सहायताकर्मी बसेको छ तले भवनसहित दर्जनौं भवनमा मानिस च्यापिएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान छ ।

 

उद्धार र बचाउ शुरु गरिएको अधिकारीहरुले जनाएका छन् । टर्कीका उपप्रधानमन्त्री बेसिर अतालेले भूकम्पका कारण धेरै भवन ध्वस्त भएको र उद्धार थालिएको बताउनुभयो । भूकम्पको केन्द्रविन्दु बान शहरदेखि नौ किलोमिटर दक्षिणको एड्रिमिट भएको बताइएको छ । टर्कीमा गत महिना यही प्रान्तमा आएको ७ दशमलब २ रेक्टर स्केलको भूकम्पमा परि ६ सयभन्दा बढीको मृत्यु भएको थियो ।