दक्षिण एसियाली क्षेत्रीय सहयोग सहयोग संगठन (सार्क)को १८ औं शिखर सम्मेलन नेपालमा


 

अड्डु, माल्दिभ्स  – दक्षिण एसियाली क्षेत्रीय सहयोग सहयोग संगठन (सार्क)को १७ औं शिखर सम्मेलन शुक्रबार सकिएको छ ।

माल्दिभ्सको अड्डु टापुमा दुई दिन चलेको सम्मेलनले ‘अड्डु घोषणापत्र’ गर्दै सकिएको हाभेरु अनलाइनले जनाएको छ । सम्मेलनले १८ औं शिखर सम्मेलन नेपालमा गर्ने निधो गरेको छ ।

सम्मेलनमा चार सहमतिमा हस्ताक्षर भएको छ । प्राकृतिक प्रकोपमा तत्कालिन उद्धार गर्ने सहमति, सार्क अनुरुप मूल्यांकनका लागि बहुपक्षीय व्यवस्था, सार्क बिज बैंक, क्षेत्रीय मानक कार्यान्वयनका लागि सार्क सहमति भएको छ । सहमतिपत्रमा सार्क मुलुकका विदेश मन्त्रीहरुले हस्ताक्षर गरेका छन् ।

समापन समारोहमा अफगानिस्तानका राष्ट्रपति हमिद कारजाईबाहेक सवै मुलुकका राष्ट्राध्यक्ष सहभागी थिए । भारी हिम वर्षाका कारण भएको क्षतिका कारण कारजाई आकस्मिकरुपमा स्वदेश फर्किएपछि विदेशमन्त्रीले प्रतिनिधित्व गरेका थिए । सम्मेलन समापनमा पर्यवेक्षण गरिरहेका यूरोपेली यूनियन, चीन, इरान, जापान, दक्षिण कोरिया र अष्ट्रेलियाली प्रतिनिधिले सम्वोधन गरे ।

सार्क अध्यक्ष माल्दिभ्सका राष्ट्रपति मोहम्मद नसिदले आगामी सार्क सम्मेलन नेपालमा हुने जानकारी दिंदै सम्मेलनमा सहभागीलाई धन्यवाद दिए । प्रधानमन्त्री बाबुराम भट्टराईले पनि सम्मेलन समापनमा सम्वोधन गरे ।