



काठमाडौं । जेनजी आन्दोलनमा घाइते भएकाहरूलाई सरकारले तत्काल जनही १५ हजार राहत दिने भएको छ ।


मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घाइते भएका २ हजार ४२९ जनालाई १५ हजार राहत उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका हुन् ।
बैठकले प्रदेश तथा स्थानीय सरकार शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारले प्रदान गर्ने करिब ५ मिलियन अमेरिकी डलर तथा स्वीस सरकारले प्रदान गर्ने २.१ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना गर्न आवश्यक अध्ययनगरी सुझाव पेस गर्न समिति गठन गरिएको छ ।



