ढुंगेललाई आममाफी दिने निर्णयमा पुनर्विचार हुँदैनः प्रधानमन्त्री

२७ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री डा। बाबुराम भट्टराईले माओवादी सभासद् बालकृष्ण ढुंगेलमाथि लागेको व्यक्ति हत्याको अभियोगमा आममाफी दिने सरकारको निर्णयमा पुनर्विचार हुन नसक्ने बताउनुभएको छ ।
माल्दिभ्समा सम्पन्न दक्षिण एशियाली सहयोग संगठन ९सार्क ० को १७औँ शिखर सम्मेलनमा भाग लिएर आइतबार राति स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री भट्टराईले सरकारले सोचविचार गरेर शान्ति सम्झौताको मर्म अनुसारै सभासद् बालकृष्ण ढुंगेललाई आममाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएकाले त्यसमा पुर्नविचार गर्न नसकिने स्पष्ट गर्नुभयो ।