गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान, दुई पक्राउ

पर्सा, २७ कात्तिक पर्साको सोनवर्षा गाविसमा गएराति प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । मकवानपुरबाट जंगलको बाटो भई पर्सा भित्रयाउन लागेको गाँजा प्रहरी चौकी सेढवाबाट खटिएको टोलीले नियन्त्रणमा लिन खोज्दा दोहरो गोली हानाहान भएको हो ।
प्रहरी टोलीले गाँजा नियन्त्रमा लिन खोज्दा तस्करले प्रहरीलाई लक्षित गरी तीन राउन्ड गोली चलाएपछि आत्मरक्षाका लागि प्रहरीले एक राउन्ड गोली चलाएको पर्सा प्रहरीका प्रवक्ता रवीन्द्र केसीले जानकारी दिए ।
भिडन्तपछि प्रहरीले पर्साको सोनवर्षा गाविस(५ निवासी वीरबल यादव र इमामुल गद्दीलाई चार बोरा गाँजासहित पक्राउ गरेको छ । दोहरो गोली हानाहानमा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।