



जेन–जी आन्दोलन अमेरिकाद्वारा सञ्चालित होः मोहनविक्रम सिंह
अग्रज नेता मोहनविक्रम सिंहले जेन–जी आन्दोलन अमेरिकाद्वारा सञ्चालित रहेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा जेन–जी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको सरकार जेन–जी आन्दोलनको परिणाम भएपनि आन्दोलन अमेरिकाबाट सञ्चालित रहेको बताउनु भयो ।

अमेरिकासँग सम्बन्धित व्यक्तिहरु नै सरकार बनाउने खेलमा सक्रिय रहेको उहाँको भनाइ छ । जेन–जी आन्दोलनको परिणाम र एनजिओ, आइएनजीओसँग सम्बन्धित व्यक्तिहरु अहिलेको सरकारमा रहेको बताउनु भयो । विभिन्न पछिल्ला गतिविधिहरुले उनीहरुको चरित्रलाई उदांगो बनाइदिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो सरकार मूल रुपमा जेन–जी आन्दोलनको परिणाम हो । जेन–जी आन्दोलन मूल रुपमा अमेरिकाद्वारा सञ्चालित हो । त्यसका मान्छेहरु पनि बढी अमेरिकाप्रति सम्बन्धित, बार्बरा फाण्डेशनसँग सम्बन्धित छ । एनजिओ, आइएनजीओसँग सम्बन्धित छ । त्यसले आफ्नो चरित्रलाई उदांगो बनाएको छ । यो जेन जी आन्दोलनलाई गलत तत्वहरुले बीचमा हाइज्याक गरे । जेनजी आन्दोलनभित्र गलत तत्वहरुको प्रयोग भएको छ । हाइज्याक गरेको छ । यसले मूल रुपमा जेन जी आन्दोलन रहेको छैन ।’
नेता सिंहले कुनैपनि देशको राजनीतिमा मूल भुमिका राजनीतिक दलहरुले नै खेल्ने बताउनु भयो ।



