गरिवीको कारण उपचार नभएपछी पाँच बर्षदेखि पशुजस्तै दाम्लोमा

– कृष्ण खनाल


बुटवल २९ कात्तिक । बुटवल नगपालीक क्षेत्र भित्र विगत ५ बर्ष यता एउटा ८ बर्षिय बालकलाई पशु जस्तै गरी  खुट्टामा डोरीले बाधेर राखिएको छ भन्दा अच्चम  लाग्न सक्छ ।  तर यो कुरा यथार्थ हो । जम्मीएको दुई बर्ष पछि मानसिक सन्तुलन गुमाएका यि बालक आफ्नो उमेरको ३ बर्ष देखी   घरको झयाललाई खाँवो बनाएर पशु जस्तै बाधिएर बस्न बाध्य छन । बाल अवस्था देखी नै मानसीक रोगको सिकार भएका उनीले आफ्नो दिशा -पिसाब पनि आफु बाधिएको ठाँउमानै गर्ने गर्दछन ।

 

यो यथार्थता शैक्षिक नगरीको रुपमा आफ्नो पहिचान बनाउन उन्नमुख बुटवल नगरपालीका वार्ड नम्बर ९ दिपनगरको सोमबारे  हाटबजार नजिक को हो । तनहुँ जिल्ला घिरिङ्ग गाँउ विकास समिती वार्ड नः७ मा स्थायी घर भइ  विगत ५ बर्ष यता उक्त स्थानमा सामान्य टिनले छाएको छाप्रोमा भाडामा बस्दै आएकी  विमला देवि श्रेष्ठका ८ बर्षिय छोरा बालकृष्ण श्रेष्ठको हो ।  सानो उमेरमानै मानसीक रोग लागेका उनलाई परिवारले धार्मि झकृीको अलवा  बुटवल पाल्पा  भैरहवा  लगाएतका विभिन्न स्थानहरुमा उपचारकाली लगेको भए पनि कुनै पनि फरक नभएको  तथा विदेश लगाएत अन्य स्थानहरुमा उपचारका लागी लैजान आथिक अभावको कारण उनलाई डोरीले खुट्टामा बाधेर राख्नु परेको श्रेष्ठ परिवारको भनाई छ ।


८ बर्षीय आफ्नो नाती  बाल कृष्णलाई उपचारका लागी आफुहरुले सकेको ठाँउमा  लगेको भए अन्य थप उपचारका लागी आर्थिक श्रोतको कुनै बाटो नभएको कारण यस्तो अवस्था राख्नु परेको  हजुर बुवा  धर्क बहादुर श्रेष्ठले भनाई छ । उनले आफ्नो नातिलाई पशुजस्तै गरी राख्नु  आफ्नो बाध्यता भएको भन्दै हजुरबुवा धर्क बहादुर श्रेष्ठले भने-ँहामीले सकेको जती उपचार गर् यौ थप उपचारका लगी  पैसा भएन के गर्ने ।


पाल्पा जिल्लाको सिलुवा गाउ विकास समिती वार्ड नः६ मा माईत भएकी  बाकृष्ण की आमा कमला देवि श्रेष्ठले आफ्नो छोराको उपचारका लागी अन्य निकाबाट कुनै पनि सहयोग नभएको कारण छोराको उपचार गर्न नसकेको बाध्यता सुनाईन । उनले भनीन्-ँहामि गरिब के गर्न सक्छौ र  आफुले सके जतीको ठाँउमा लग्यौं तर विसको उन्नाईस भएन ।


उनले मानसीक सन्तुलन गुमाएको छॊरालाई  त्यतीकै  छाडिदियो भने जे पायो त्यहीले अर्कालाई हिर्काउने तथा  अर्काको काम विगारीदिने गरेको कारण डोरीले बाधेर राख्नु परेको  बाध्यता सुनाए।


बालकृष्णका बुवा अहिले दैलेख जिल्लामा  आर्मीमा र आमा बुटवल मैत्री पथमा रहेको हृदयरोग उपचार केन्द्रमा काम गर्ने भएको भए पनी कमाएको पैसा ले घरभाडा तिर्न तथा खान  लाउनमा  समेत मुस्कील हुने गरेको परिवारले बतायो ।

 

श्रेष्ठ परिवारका २ जना छोरा हरु मध्ये बालकृष्ण जेठा छोरा हुन । आफ्नो नातिको अवस्था विग्रीएपछी आफुले बुटवलको स्कलस्र होम बोडिङ्ग स्कुलमा  पियनको रुपमा काम गर्दे आएको जागिर समेत छोडेर हेरचाहामा लाग्नु परेको हजुरबुवा धर्क बहादुर श्रेष्ठको भनाई छ । उनले भने – एक जना यस्को हेर चाहमा नै लाग्नु परेको कारण ले गर्द मैले जागिर छोडिदिएको हुँ । अहिले सम्म कुनै पनि आर्थिक सहयोग नभएको कारण यदि कुनै पनि  सहयोग  दाताले सहयोग गरेमा  बालकृष्णको उपचारमा सहयोग हुने भएकोले परिवार सहयोग दाताको खोजीमा रहेको छ ।