काठमाडौं – राष्ट्रसंघका विकास कार्यक्रम मामिला हेर्ने उपमहासचिव एवं न्युजिल्यान्डका पूर्वप्रधानमन्त्री हेलेन क्लार्क सोमबार काठमाडौं आउने भएका छन् ।
नेपालमा राष्ट्रसंघीय विकास कार्यक्रम अवलोकन, शान्ति प्रक्रियाबारे र सहयोगका परियोजनाबारे छलफल गर्न उपमहासचिव आउन लागेको परराष्ट्र स्रोतले जनाएको छ ।
उपमहासचिव क्लार्कले प्रधानमन्त्री, परराष्ट्रमन्त्री, सभामुखलगायतका पदाधिकारीसँग भेटवार्ता गर्नेछन् ।