

भो अब देखि हाम्रो नाताको कुरा नगर

आफ्नो बानी व्यहारमा सुधार गर
नाता सम्बन्ध हो भन्दै भ्रम नछर

आफूत बेईमान र कुलंगार भयौ भयौ

अरुलाई कुलंगार बनाउन लागि नपर
तिम्रा पाखण्डी व्यवहारले टचर् नगर

नाता सम्बन्ध हो भन्दै आउने नगर
बेईमानी नाता सम्बन्ध मलाई चाहिन्न
जाली किर्ते र अपराधिक कार्य गर्न पाईन्न

कसैलाई तिम्रो जालमा पार्न बन्द गर
नाता सम्बन्ध भन्दै ठग्न बन्द गर
आफन्तनै भएपनि तिम्रो बिरोध गर्छु

फेरी गलत गर्यौ भने तिम्रो झाको झार्छु
अहिले सम्म तिम्लाई सुध्रन अनुरोध गर्दैछु
तिम्रो हाम्रो कपटी नाता अब सदैलाई तोड्दैछु




