. दुर्गा खनाल
काठमाडौं – प्रधानमन्त्री बाबुराम भट्टराईले संविधानसभाको कार्यकाल छ महिना थप्ने प्रस्ताव गरेका छन् । प्रमुख तीन दलका नेताको बैठकमा प्रधानमन्त्रीले म्याद थपको प्रस्ताव राखेका हुन् । संविधानसभाको म्याद मंसिर १४ मा सकिंदैछ । विपक्षी दल कांग्रेस र एमालेले तत्काल प्रधानमन्त्रीको प्रस्तावमा भने तत्काल अघि नबढ्ने धारणा राखेका छन् ।
बैठकमा एमाले बरिष्ठ नेता माधवकुमार नेपालले म्याद थप सम्बन्धमा आप्ने पार्टी भित्र छलफल नभएको त्यसमा केही भन्न नसक्ने बताएका थिए । कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले म्याद थपको विकल्प नरहेको धारणा राखेका थिए । तर कति थप्ने भन्ने बिषयमा कांग्रेसमा पनि छलफल नभएको उल्लेख गरेपछि त्यो बिषयमा सहमति हुन सकेन ।