वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष वाग्लेलाई कारवाही गर्न पत्रकार महासंघको माग

यूएई डेस्क – नेपाल पत्रकार महासंघले वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष हंसराज वाग्लेलाई कारवाही गर्न सरकारसँग माग गरेको छ।


महासंघले विज्ञप्ती निकालेर समाचारको विषयमा वाग्लेले पत्रकार महासंघ काठमाण्डौं शाखाका सदस्य मानछिरिङ तामाङलाई हातपात गरेको प्रति निन्दा गर्दै कारवाही गर्न सरकारसँग माग गरेको हो ।


छिरिङ्ग अर्घाखाँची डट्कम् यूएई डेस्कका बिशेष सहयोगी समेत हुन । यसै बिच अर्घाखाँची डट्कम् यूएई डेस्क प्रमुख उमाकान्त पाण्डे गाउंले ले एक प्रेस बिज्ञप्ती जारी गर्दै वाग्लेले गरेको दुर्ब्यबहार प्रती कडा शब्दमा निन्दा गरेका छन ।
वाग्लेले तामाङलाई समाचारको विषयलाई लिएर दुरव्यवहार र हातपात गरेकोमा महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । समाचारप्रति चित्त नवुझे कानुनी प्रावधान खोजिनुपर्नेमा यस किसिमको दुरव्यवहार र हातपात गर्नु प्रेस विरोधी काम भएको महासंघले निकालेको विज्ञप्तीमा लेखिएको छ ।


यस्तै पत्रकार महासंघले पर्सा शाखाका अध्यक्ष अशोक तिवारी र सदस्य बृजलाल पासवानलाई गरिएको निलम्वन फुकुवा गरेको छ । तिवारी र पासवानलाई विधानविपरित काम गरेका कारण महासंघले तीन महिनाका लागि निलम्वन गरेको थियो ।