राज्य पूनर्संरचनाका लागि विज्ञ समूह होइन आयोग बनाउनु पर्छ: माओवादी स्थायी समिति-

राज्य पूनर्संरचनाका लागि विज्ञ समूहको सट्टा फेरी आयोग नै बनाउने माओवादी स्थायी समिति बैठकले निर्णय गरेको छ । 

 

दलहरुबीच विवाद चर्किँदै गएपछि राज्य पूनसंरचनाका लागि विज्ञ समूह नबन्ने भएको छ । 



माओवादी स्थायी समितिले विज्ञ समूहको सट्टा पुनः आयोग बनाउने निर्णय गरेपछि मुख्य तीन दल विज्ञ समूह नबनाउने निष्कर्षमा पुगेका हुन् । 



आयोग बनाउनका लागि अहिले मधेशी मोर्चालाई मनाउने तयारी भैरहेको छ । 



दलहरुबीच सहमतिसँगै मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेर सरकारले संविधान संशोधन विधेयक फिर्ता लिने तयारी भैरहेको सहयोगी बोमलाल गीरिले जनाएका छन् ।