



काठमाडौं । गैरआवासीय नेपाली संघमा जारी रहेको विवाद अन्त्य गर्न सहमति भएको छ ।
आइतबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा महेश श्रेष्ठ र बद्री केसीले एकतासम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेसँगै लामो समयदेखि जारी विवाद अन्त्य भएको दाबी गरिएको हो ।


दुवै पक्षबीच आगामी वैशाख ४ गतेसम्म १२औं महाधिवेशन गर्ने र संघको अलग-अलग समूहको नेतृत्व गरेका बद्री केसी र महेशकुमार श्रेष्ठ पक्षले विवादलाई थाँती राखेर एकले अर्कालाई स्वीकार गर्न सहमत भएका छन् ।
सहमतिपत्रमा हस्ताक्षर गर्दै केसी र श्रेष्ठले एनआरएनएलाई पुनः एकीकृत, स्वायत्त, गैरराजनीतिक र विश्वभर छरिएका नेपाली समाजको साझा संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले आइतबारको सहमति गैरआवासीय नेपाली संघको एकताको कोशेढुंगा भएको बताउदै एनआरएनएले एकताको सन्देश दिएको बताएकी थिइन् ।



